
राजेश जीसी (इमेज)
प्युठान । प्यूठानका सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन गरेपछि विद्यार्थीको उपस्थिति बढ्दै गएको छ । सामुदायिक विद्यालयमा यो कार्यक्रम सुरु भएपछि विद्यार्थीहरु नियमति विद्यालय आउने र पूरै समय विद्यालयमा बस्ने गरेका हुन् ।
विद्यार्थीलाई पुरा समय बस्न तथा नियमित उपस्थित गराउनका लागी स्थानीय तहले बिद्यार्थीलाई दिवा खाजा दिन थालेपछि प्यूठानका सामुदायिक बिद्यालयमा विद्यार्थी नियमित उपस्थिती बढ्दै जान थालेको छ । जिल्लाका ९ वटै स्थानीय तहले सामुदायिक बिद्यालयका कक्षा १ देखि ५ सम्मका बिद्यार्थीलाई दिवा खाजा दिन थालेपछि बिद्यार्थीको संख्या बढेको हो ।
प्रावि तहसम्म दिवाखाजा कार्यक्रम संचालन भएपछि बिद्यार्थी पुरै समय विद्यालयमा बस्ने, नियमित उपस्थिती र सिकाइ उपलब्धीमा पनि बढ्दै गएको छ । विद्यालयले प्याकेटका तयारी खानेकुरामा प्रतिबन्ध लगाएपछि विद्यार्थीले घरबाटै खानेकुरा ल्याउने गरेका छन् ।
विद्यालयमा प्याकेटका खानेकुरामा प्रतिबन्ध लगाएका कारण बालबालिकाले घरबाटै खाजा ल्याउने गरेका छन भने केहि विद्यालयले बिद्यालयमै बनाएर दिने गरेका छन । पहिले विद्यार्थीले चाउचाउ, बिस्कुट खाने गर्दथ्ये भने अहिले घरम बनेका खानेकुरा ल्याउने गरेका छन । विद्यार्थीलाई प्रत्येक दिन फरक–फरक खाजा, अण्डा–चना, मकै, केराउ फलफुल, रोटि लगायतका खानेकुरा खाने गरेका छन् ।
अहिले देशैभर स्थानीय तहले विद्यालय सञ्चालन भएको दिन दिवा खाजाको ब्यवस्था मिलाएको छ । खाजाबापत प्रति विद्यार्थी दैनिक १५ रुपैयाँका दरले विद्यार्थीलाई खाजा रकम तोकिएको छ । विद्यार्थीको खाजा र दैनिक उपस्थितिको आधारमा अभिभावकलाई एकमुष्ठ रकम दिने गरिएको जिल्लाका सामुदायिक विद्यालयले जनाएका छन् ।
विद्यालयका अनुसार विद्यालय उपस्थित नभएमा उनीहरुले रकम पाउँदैनन् । दिवाखाजा कार्यक्रम शुरु गरेसँगै प्युठानका ३९७ सामुदायिक विद्यालयका ४२ हजार बालबालिका प्रत्यक्ष लाभान्वित भएका छन् ।
प्यूठानमा दिवाखाजा कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
यसले विद्यार्थीको उपस्थिती नियमित, पुरै समय विद्यालयमा बस्नुका साथै शैक्षिक गुणस्तर तथा सिकाई उपलब्धि पनि बढ्नेछ । जसका लागि यो कार्यक्रमलाई आगामी दिनमा पनि नियमित गर्नुपर्ने देखिन्छ । भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्