४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


पत्नी सीताको उपचारका लागि प्रचण्ड भारत प्रस्थान


0
Shares

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पत्नी सीता दाहालको थप उपचारका लागि सोमबार भारत प्रस्थान गर्नु भएको छ । भारतको मुम्बईमा हुने उपचारका लागि उहाँ दिल्ली हुँदै मुम्बई जान लाग्नुभएको हो । सीताको उपचारका लागि दुई छोरी रेणु दाहाल र गंगा दाहालसहित दाहाल भारत प्रस्थान गर्नु भएको हो ।

विगत केही दिनयता स्वास्थ्यमा समस्या बढेपछि सीतालाई थप उपचारका लागि भारत लगिएको हो । उहाँको मेडीसिटी अस्पतालमा भर्ना गरेर उपचार गराइएको थियो ।

वंशानुगत पार्किन्सन रोगबाट पीडित सीताको स्वास्थ्यमा केही साता यता थप जटिलता देखिएको छ । यसअघि पनि भारत, अमेरिका र सिंगापुरमा उहाँको उपचार गरिएको थियो ।