२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


जी ग्रुपको १५ कार्यालयमा आयकर विभागको छापा


0
Shares

काठमाडौं । भारतको आयकर विभागले टेलिभिजन कम्पनी जी ग्रुपमा छापा मारेको छ । मुम्बईमा रहेका जी ग्रुपका १५ वटा कार्यालयमा विभागले छापा मारेको हो ।

जी ग्रुपले पनि आफ्ना कार्यालयहरूमा आयकर विभाग आएको पुष्टि गरेको छ । जी ग्रुपले आयकर विभागका अधिकारीहरूको सहयोगका लागि आवश्यक सहयोग गर्ने बताएको भारतीय मिडियाले जनाएको छ ।

करछली गरेको भन्ने गोप्य सूचनाका आधारमा विभागले जी ग्रुपका विभिन्न कार्यालयमा छापा मारेको समाचारमा उल्लेख छ । ग्रुपले ‘वस्तु तथा सेवा कर’ (जीएसटी) छलि गरेर करोडौं रकम नबुझाएको बताइएको छ ।

जी ग्रुपको ओटीटी प्लेटफर्म ‘जी फाइभ’ले सलमान खानको फिल्म ‘राधे’ २ सय ५० करोडमा किने पछि पनि जी ग्रुपमाथि आयकर विभागको बढी चासो दिएको थियो ।

जी ग्रुपको एउटा टेलिभिजन जी टिभी केही समय अघि नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच रहस्यमयी सम्बन्ध भएको समाचार प्रसारण गरेको थियो । नेपालमा ब्यापक आलोचना भएपछि टेलिभिजनले माफी मागेका थियो ।