१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कोरोनाले रोजगारी गुमाएकाहरू स्वरोगजार बन्दै, थप ८२ हजार युवाको आवेदन


0
Shares

बिराज रोस्यारा
कैलाली । कोरोना कहरका कारण विदेशमा रोजगारी गुमाएर घर फर्किएका नेपालीहरू रोजगारी पाउन नसकेर पुनः विदेश फर्किरहेका बेला केही भने आफ्नै देशमै स्वरोजगार बन्न थालेका छन् । सुदूरपश्चिम प्रदेश सरकारले कोरोनाबाट प्रभावितलाई रोजगार तथा स्वरोजगार बनाउन कृषि तथा पशुपंक्षी विकास कार्यक्रम कार्यान्वयनमा ल्याएपछि उनीहरू त्यता तर्फ लागेका हुन् ।

कोरोनाका कारण मलेसियाको मजदूरी छोडेर घर फर्किएका धनगढीका तेजप्रकाश तिवारी महामारीको बेला पाएको हैरानीले अब कहिल्यै विदेश नजाने कसम खाएका छन् । अहिले उनले व्यावसायिक रूपमा बाख्रापालन सुरु गरिसकेका छन् ।

कोरोनाकाबीच धनगढी उप–महानगरपालिकाका तीन वटा वडाका विदेशबाट फर्किएका र रोजगारी गुमाएका डेढ सय बढी युवाहरू व्यावसायिक काममा लागेर आत्र्मनिरभरको बाटोमा छन् । कोरोनाले स्वदेश फर्किन बाध्य भएका धनगढी उपमहानगरपालिका– १४ र १६ नम्बर वडाका कतिपय युवा पछिल्ला महिनामा कृषिजन्य व्यवसायमा लागेर आत्मनिरर्भरको बाटोमा उन्मुख हुन थालेका हुन् । भारतको एक कम्पनीमा काम छाडेर फर्किएका धनगढीकै उपेन्द्रबहादुर सिंहले चाहिँ कुखुरापालन सुरु गर्नुभएको छ । व्यवसाय थालेको सुरुकै दिनमा उनले ४५ हजार रूपैयाँ कमाइ गरिसकेका छन् ।

यूएनडिपीको सहयोगमा धनगढी उप–महानगरपालिका र जिल्ला लघु उद्यमी समूह संघले कोरोनाका कारण आर्थिक रूपले प्रभावितका लागि सामाजिक आर्थिक रिकभरी परियोजनासमेत लागू गरेको छ । तीन वटा वडाका १ सय ५० जना भन्दा बढी स्वरोजगार बनिसकेका छन् । व्यवसायीहरूलाई उनीहरूको मागमा आधारित सिप र तालिम दिएर व्यवसायउन्मुख बनाइएको परियोजनाकी संयोजक चाँदनी शाहीले जानकारी दिनुभयो ।

तर, पछिल्लो समय कार्यक्रम कार्यान्वयन गर्न प्रक्रिया पूरा गर्नमै समय खर्चदा युवाहरूप्रति निराशा पनि बढ्दै गएको छ । यसै बर्ष मात्रै मन्त्रालयले गरेको सूचनामा झण्डै ८२ हजारले स्वरोजगार हुन पाउँ भनेर आवेदन दिएका छन् । तर, प्रदेश सरकार भने कार्यक्रम कार्यन्वयनमा अहिले अलमलमै छ । जसले गर्दा यहाँका युवाहरूको स्वरोगार बन्ने सपना फेरि अधुरै त हुने हैन भन्ने आशंका बढेको छ ।