८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


नेपाल स्याटेलाइट टेलिकमको अनुमतिपत्र खारेज


0
Shares

काठमाडौं, भदौ २ । नेपाल स्याटेलाइट टेलिकमको अनुमतिपत्र खारेज भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणलाई समयमै बक्यौता तिर्न नसकेपछि नेपाल स्याटेलाइटको अनुमतिपत्र खारेज भएको हो ।

नेपाल स्याटेलाइटले प्राधिकरणलाई बुझाउनुपर्ने विभिन्न बक्यौता तिर्न नसकेपछि उसको अनुमतिपत्र स्वतः खारेज भएको जनाइएको छ ।

कम्पनीले प्राधिकरणलाई बुझाउनुपर्ने रोयल्टी तथा नवीकरण शुल्कवापतको ८० करोड रुपैयाँ बराबर बक्यौता तोकिएको समयमा नबुझाएसँगै अनुमतिपत्र खारेज गरिएको प्राधिकरणले जनाएको छ ।