
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फेले प्रदेशसभा पनि विघटन हुनसक्ने बताउनु भएको छ ।
सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले केन्द्रमा देखिएको राजनीतिको प्रभाव प्रदेश सभामा पनि देखिएकाले नेपालको संविधान र प्रदेशको कानुन अनुसार प्रदेशसभा विघटन हुन सक्ने सम्भावना रहेको बताउनु भएको हो ।
मन्त्री तुम्बाहाङ्फेले प्रदेशसभा सञ्चालन र विघटनको अधिकार प्रदेशमा रहेको बताउनु भयो । प्रतिनिधिसभा विघटन भएपछि वर्तमान सरकार कामचलाउ बनेको बताउँदै उहाँले कामचलाउ बनेको सरकारको काम कारवाही सहज रुपमा अघि बढाउन प्रधानमन्त्री केपी ओलीले मन्त्रीपरिषद विस्तार गरेको जिकिर गर्नुभयो ।
मन्त्री तुम्बाहाङ्फेले संसद् विघटन संविधानमा स्पष्ट रूपमा उल्लेख नभए पनि ताजा जनादेशमा जानका लागि प्रधानमन्त्री ओलीले संसद विघटनको निर्णय गरेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्