२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


विमानस्थलबाट ५० थान गोलीसहित एकजना पक्राउ


0
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० थान गोलीसहित एकजना पक्राउ परेका छन् ।

झापा मेचीनगरकाका बद्रीहाङ राई विमानस्थलबाट पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित पक्राउ परेका हुन् ।

श्री एयरलाइन्सको जहाजबाट भद्रपुर जाँदै गरेका राई चेकजाँचका क्रममा पक्राउ परेको प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो ।

घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।