१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चुनावबाट प्रधानमन्त्री र महाधिवेशनबाट अध्यक्ष बन्न प्रचण्डलाई गृहमन्त्रीकाे सुझाव


0
Shares

चितवन । गृहमन्त्री रामबहादुर थापाले पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्न जालझेल गर्न थालेपछि प्रतिनिधिसभा विघटन गर्नु परेको बताउनु भएको छ ।

ओली समूहले भरतपुरमा गरेको बृहत कार्यकर्ता भेलामा गृहमन्त्री थापाले प्रधानमन्त्रीविरुद्ध सुरु भएको जालझेल परास्त गर्न प्रतिनिधिसभा विघटन गरेको जिकिर गर्नुभयो ।

ताजा जनादेशका लागि जनतामा जान लागेको भन्दै उहाँले प्रचण्ड र माधव समूह गुट मात्रै भएको र आफूहरु नै आधिकारिक पार्टी भएको दाबी गर्नुभयो ।

गृहमन्त्री थापाले चुनावमा गएर प्रधानमन्त्री र महाधिवेशनमा गएर अध्यक्ष बन्न प्रचण्डलाई सुझाव दिनुभयो ।