
काठमाडौं । नेपाली क्रिकेट टीमका पूर्वकप्तान एवं अलराउण्डर पारस खड्का कोरोना संक्रमणमुक्त भएका छन् ।
२५ दिनको आइसोलेसन बसाइपछि उनको कोरोना भाइरसको नेगेटिभ रिपोर्ट आएको हो । सोमबारको पीसीआर परीक्षणमा उनको रिपोर्ट कोभिड नेगेटिभ आएको हो । यसअघि पनि बीच–बीचमा परीक्षण गरिरहेका उनको रिपोर्ट पोजेटिभ देखिएको थियो ।
सोमबार सामाजिक सञ्जालमार्फत आफू पूर्ण रुपमा ठिक भएको बताउँदै उनले डाक्टर, नर्स, श्रीमती सहित आफ्ना लागि प्रार्थना प्रशंसकहरुलाई धन्यवाद दिएका छन् ।
क्रिकेट प्रशिक्षणका लागि सबै खेलाडीको कोरोना भाइरस परीक्षण गर्दा उनमा मंसिर २६ कोरोना पोजेटिभ देखिएको थियो ।
प्रतिक्रिया दिनुहोस्