
पोखरा । आठौं संस्करणको पर्वतीय खेलकुद महोत्सव आगामी फागुनको तेस्रो सातामा हुने भएको छ ।
आयोजक माउन्टेन स्पोर्टस् फेडेरेसनले सोमबार पत्रकार सम्मेलन गरी प्रतियोगिता फागुन २० गतेबाट गण्डकी प्रदेशमा गर्ने जानकारी दिएको हो । चैत्र २० गतेसम्म चल्ने प्रतियोगितामा पोखरामा मात्रै करिब १० वटा खेल हुनेछन् ।
बाँकी खेल बागलुङ, लमजुङ, तनँहु, मुस्ताङलगायतका ठाउँमा आयोजना गरिने जनाइएको छ । प्रतियोगितामा परम्परागत आर्चरी, साइक्लिङ, प्याराग्लाईडिङ, मोटर स्पोर्टस्, गल्फलगायतका १५ वटा खेल हुने प्रतियोगिताका संयोजक सुवर्ण श्रेष्ठले जानकारी दिनु भयो ।
प्रतियोगिताका लागि १ करोड ८८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्