
सर्लाही । सर्लाहीको नारायणखोलामा करिव नौं बिगाहमा लगाएको अवैध लागूऔषध गाँजा खेती नष्ट गरेको छ । प्रमुख जिल्ला अधिकारीे सुरेन्द्र पौडेलको नेतृत्वको प्रहरी टोलीले गाँजा खेती नष्ट गरेको हो ।
प्रमुख जिल्ला अधिकारी पौडेलसहित नेपाल प्रहरीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठोर, सशस्त्र प्रहरीका उपरीक्षक एसपी गङ्गाराम श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका एसपी दिलिपकुमार सिंहसहितको टोली गाँजाका बोट नष्ट गर्न त्यहाँ पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस्