
काठमाडौं । नेपाली सेनाले गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाह हिँडेको बाटो भएर गोरखादेखि काठमाडौंसम्म पदयात्रा शुरु गरेको छ । पृथ्वी जयन्तीको अवसरमा सेनाले आजबाट पदयात्रा सुरू गरेको सेनाको टोली पुस २७ गते काठमाडौं आइपुग्नेछन् ।
रणसिंह दल गणका अनुसार गोरखाबाट आज बिहान हिँडेको सेनाको टोली गोरखा दरबार, जोरचौतारो, ताप्लेअश्राङ हुँदै बोर्लाङ पुग्नेछन्् । पदयात्रामा सहभागी सेनाको टोली आज घाटवेशीमा बास बस्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
सेनाले पदयात्रामा पृथ्वीनारायण शाहको पालामा स्थापना भएका गणहरू श्रीनाथ कालिबक्स, पुरानो गोरख, बर्दबाणी र सवुजको झण्डा, राष्ट्रिय झण्डा तथा टर्चसहित सेनाहरू सहभागी भएका छन् । सेनाको गोरखास्थित उक्त टोलीले धादिङ सल्यानटारका सेनाको टोलीलाई झण्डा र टर्च हस्तान्तरण गर्ने कार्यक्रम छ ।
धादिङले नुवाकोटको गणलाई हस्तान्तरण गरेपछि उक्त टोली नै काठमाडौं हनुमानढोका आइपुग्नेछ । सेनाले यो पदयात्रा गत वर्षदेखि शुरु गरेको हो ।
प्रतिक्रिया दिनुहोस्