९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


सुनको मूल्य बढ्यो


0
Shares

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य एक हजार १०० ले वृद्धि भएको छ । छापावाला सुन आज प्रतितोला ९६ हजार ४०० मा कारोवार हुने गरी मूल्य निर्धारण गरिएको छ । छापावाला सुन सोमबार प्रतितोला ९५ हजार ३०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन आज प्रतितोला ९५ हजार ९०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सो सुन प्रतितोला ९४ हजार ८०० मा सोमबार कारोवार भएको थियो ।

यस्तै चाँदी प्रतितोला १० ले वृद्धि भई प्रतितोला एक हजार ३३५ मा कारोवार भएको छ । चाँदी प्रतितोला एक हजार ३२५ मा सोमबार कारोवार भएको थियो ।