१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सेनामा ठूलो संख्यामा नयाँ भर्ना खुल्यो


13
Shares

काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा नयाँ भर्ना खोलेको छ । सेनाले विभिन्न ११ पदमा २९४ जनाका लागि भर्ना खुल्ला गरेको हो । भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगीअड्डाले लेखा जमदार, पुजारी हुद्दा, अमल्दार कर्मचारी, बन्दोबस्ती कार्य सिपाही, सुचिकार, कुचिकार, चर्मकर्मी, लोहकार, धोबी, केशकर्तक र सयस पदहरुमा भर्ना खुल्ला गरेको छ ।

बन्दोबस्ती कार्य सिपाही पदमा ९६ जना, अमल्दार कर्मचारी पदमा ५३ र लेखा जमदार पदमा ५० जनाका लागि दरखास्त आह्वान गरिएको छ । सेनाले नारायणहिटी उत्तरतर्फको गेट नेपाल क्याभलरीको खेल मैदानमा दरखास्त फारत वितरण र संकलनको व्यवस्था मिलाएको छ ।

दरखास्त दिने अन्तिम मिति माघ २१ गतेसम्म तोकिएको छ । दोब्बर दस्तुर बुझाएर माघ २८ गतेसम्म दरखास्त बुझाउन सकिने जंगी अड्डाले जनाएको छ ।