१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कतारमाथिको प्रतिबन्ध फुकुवाले अरब राष्ट्रहरुको समृद्धिको ढोका खुलेको साउदीको दावी


0
Shares

काठमाडौं । साउदी अरेबियाले कतारसँगको सम्बन्ध पुरानै अवस्थामा लैजाने बताएको छ । तीन वर्ष लामो नाकाबन्दी हटाएसँगै साउदी अरेबियाका विदेशमन्त्रीले खाडी राष्ट्रहरुको एकता र स्थिरताका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको हो ।

खाडी सहयोग परिषदको सम्मेलनका क्रममा साउदी र कतारबीच पुन सम्बन्ध स्थापित गर्न नाकाबन्दी फुकुवा गर्ने निर्णय भएको थियो । साउदीले नाकाबन्दी लगाएसँगै कतारमा एजिप्ट, संयुक्त अरब इमिरेट्स, र बहराइनलगायतका मुलुकले समेत कुटनीतिक र व्यापारीक सम्बन्ध तोडेका थिए ।

कतारमाथि आतंकवादी समूहलाई समर्थन गरेको आरोपमा ती राष्ट्रहरुले नाकाबन्दीको घोषणा गरेका थिए । तर कतारले ती राष्ट्रहरुको आरोपमा सत्यता नभएको दावी गर्दै आएको थियो । साउदी सरकारको यो निर्णयले खाडी राष्ट्रहरुको समस्या समाधानका लागि महत्वपूर्ण कदम हुने ती राष्ट्रका सरकारी अधिकारीहरुले प्रतिक्रिया दिएका छन् ।

सम्झौताले क्षेत्रिय चुनौतीहरुको सामना गर्न अरब राष्ट्रहरुलाई सुद्रिढ बनाउने अधिकारीहरुले विस्वास लिएका छन् । एजेन्सी