
काठमाडौं । आज ललितपुरका विभिन्न ठाउँमा तीन घण्ट विद्युत अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरणका अनुसार पुलचोक वितरण केन्द्रको रिंगरोड फिडर अन्तर्गत नख्खु चोक, बागडोल, धोबिघारा, मालपोखरी, धोबीघाट, नयाँबाटो, सनराइज टावरलगायत क्षेत्रमा ट्रान्सफर्मर जडानको काम गर्नुपर्ने भएकोले विद्युत अवरुद्ध हुने भएको हो ।
ट्रान्सफर्मर जडानका लागि पुलचोक वितरण केन्द्रको रिंगरोड फिडर सटडाउनमा राख्नुपर्ने भएकोले दिउँसो १ बजेदेखि ४ बजेसम्म बत्ति जाने प्राधिकरणले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्