१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौंलगायत देशभरको मौसममा सुधार


0
Shares

काठमाडौं । काठमाडौंलगायत देशभरको मौसममा आजदेखि सुधार भएको छ । आइतबार बेलुकीदेखि बदली भएको मौसम आजदेखि सुधार भएको हो । प्रदेश १, कर्णाली र सुदूरपश्चिमका केही ठाउँबाहेक देशका सबै ठाउँको मौसम आज सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंमा पनि बिहानैबाट घाम लागेको छ । बादल हटेर आकाश केही खुलेसँगै काठमाडौंमा प्रदुषण घट्न थालेको छ । विगत दुई दिनको तुलनामा आज प्रदुषण कम भएको हो । घाम लाग्न र हावा चल्न थालेपछि प्रदुषण घट्दै जाने महाशाखाले जनाएको छ ।

तर जाडोमा धेरै हावा नचल्ने र पानी पनि नपर्ने भएकाले प्रदुषण पुरै नहट्ने विज्ञको भनाइ छ । विशेष गरेर काठमाडौं, विराटनगर, नेपालगञ्ज, पोखरा, जनकपुर, महेन्द्रनगर, हेटौंडा, दाङ लगायतका क्षेत्रमा प्रदुषण बढेको छ ।

काठमाडौं उपत्यकामा वायु प्रदूषणकोे स्तर अत्यधिकरुपमा बढेकाले सचेत रहन सरकारले आग्रह गरिसकेको छ ।