१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मतदान स्थल तथा मतदान केन्द्र निर्धारणका लागि आयोगले थाल्यो गृहकार्य


0
Shares

काठमाडौं । निर्वाचन आयोगले भोली मध्यावधि चुनावका लागि मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्य सुरु गर्ने भएको छ । सरकारले प्रतिनिधिसभा विघटन गरेर आगामी वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन घोषणा गरेको छ ।

संसद विघटनविरुद्ध परेको रिटमा आजैदेखि सर्वोच्च अदालतमा निरन्तर सुनुवाइ हुने भएको छ । निर्वाचन आयोगले भने आफ्नो तयारी गरिरहेको छ । आयोगले अन्तिम मतदाता नामावली तयारी थालेको छ । मतदाता नामावलीसँगै गर्दा मतदान स्थल तथा मतदान केन्द्र निर्धारणसम्बन्धी काम पनि गर्नुपर्ने भन्दै आयोगले ‘मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७’ र ‘मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन सम्बन्धी कार्यक्रम, २०७७’ स्वीकृत गरेको छ ।

जिल्लास्तरमा मतदान स्थल तथा मतदान केन्द्र निर्धारणका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समिति गठन गरेको आयोगले जानकारी दिएको छ । मतदान स्थल तथा मतदान केन्द्र निर्धारण माघ १७ गतेभित्र सक्ने कार्यतालिका छ ।