
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आजदेखि सबैको आँखा सर्वोच्च अदालततिर हुने बताउनु भएको छ । प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरूद्ध परेका मुद्दामा सर्वोच्च अदालतले आजदेखि सुनुवाइ सुरु गरेसँगैं डा. भट्टराईको यस्तो भनाइ आएको हो ।
उहाँले बुधबार ट्विट गर्दै ओलीको गैरसंवैधानिक कदम सच्याउने र नेपाली जनताले इतिहासमा पहिलो पटक संविधानसभा मार्फत निर्माण गरेको संविधान र गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी लोकतन्त्रको रक्षा गर्ने सजिलो बाटो सम्मानित अदालतको निर्णय हुनसक्ने बताउनुभयो ।
भट्टराईले अदालतले सही व्याख्या नगरे अन्य बाटो रोज्न बाध्य हुनुपर्ने समेत चेतावनी दिनुभयो । पुष ५ गते मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि त्यसविरुद्ध परेका करिब एक दर्जन बढी रिट परेका छन् ।
प्रतिक्रिया दिनुहोस्