१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


३ सय रुपैयाँले बढ्यो सुन


0
Shares

काठमाडौं । कारोबार हुने साताको चौथो दिन सुनचाँदीको मूल्य सामान्य बढेको छ । बुधबार सुनको मूल्यमा प्रतितोला ३ सय रुपैयाँले बढ्दा चाँदी तोलाको ५ रुपैयाँले बढेको छ ।

बुधबार छापावाल सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार हुँदा तेजाबी सुन ९६ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य तोलाको १ हजार ३ सय ४० रुपैयाँ कायम भएकाे छ ।

महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य ९६ हजार ४ सय र तेजाबी सुनको मूल्य ९६ हजार २ सय रुपैयाँ हुँदा चाँदी १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।