
रसुवा । रसुवामा निर्माण भइरहेको चिलिमे त्रिशूली २ सय २० केभी प्रसारण लाइन निर्माण ६५ प्रतिशत काम सकिएको छ । राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि निमार्ण भइरहेको प्रसारण लाइनको यही जनवरीमा निर्माण सम्पन्न गर्ने कार्ययोजना रहेको छ ।
सन् २०१७ डिसेम्बर २० देखि प्रसारण लाइन निर्माण सुरु भएको आयोजनाले कोरोना भाइरसको असर, भौगोलिक विकटता, सडकको पहुँच नपुगेको तथा डिजाइनमा धेरै समय लागेको निमार्णमा ढिलाई गरेको जनाएको छ । प्रसारण लाइन निर्माण पश्चात जिल्लाको गोसाइँकुण्ड गाउँपालिका र आमाछोदिङ्मो गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाको उत्पादन जोडिने छ ।
पीङ्गाओ ग्रुप अफ कम्पनी चाइनाले निर्माण गरीरहेको निर्माण कार्यको अहिले फाउण्डेसन निर्माण र प्रोटेक्सनको काम भइरहेको छ ।
यो प्रसारण लाइनमा २१६ मेगावटको माथिल्लो त्रिशूली एक, १२० मेगावटको रसुवा भोटेकोसी, १११ मेगावटको रसुवागढी, ७८ मेगावटको सान्जेन खोला, ४२ दशमलब ५ मेगावटको सान्जेन, २० मेगावटको लाङटाङखोला, १४ दशमलब ८ मेगावटको माथिल्लो सान्जेन, ६ दशमलव ४२ मेगावटको माथिल्लो मैलुङ ए जलविद्युत् आयोजनाको विद्युत् जोडिने छ । यो प्रसारण लाइनमा ५ सय मेगावट विद्युत् जडान गर्न सकिने छ ।
प्रतिक्रिया दिनुहोस्