२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


पक्राउ पुर्जी अन्नपूर्णले दिन थाल्यो उखु किसानको भुक्तानी


0
Shares

प्रकाश मैनाली
सर्लाही । उखु उद्योगीविरुद्ध जिल्ला प्रशासन कार्यालयले पक्राउ पुर्जी जारी गरेपछि किसानले भुक्तानी पाउन थालेका छन् । सर्लाहीको धनकौल स्थित अन्नपूर्ण चिनी उद्योगका सञ्चालक राकेश अग्रवालविरुद्ध जिल्ला प्रशासन कार्यालय सर्लाहीले पक्राउ पूर्जी जारी गरेको थियो ।

पुर्जी जारी भएपछी उद्योग सञ्चालकले किसानको खातामा करिब ६ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ । उखु किसानको भुक्तानी गर्ने सम्झौता अनुसार ६ करोड रकम बैंकमा भुक्तानीका लागि राखिएको भए पनि उद्योगीको बैंक खाता रोक्का हुँदा उखु किसानले भुक्तानी पाउन सकेका छैनन् ।

उद्योगीको खातामा रहेको रकम किसानको खातामा मात्र जाने गरी फुकुवाको व्यवस्था गर्ने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । अन्नपूर्णले किसानको १७ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको देखिएको छ ।

बाँकी रकम जोहो गर्नका लागि आग्रह गरे पनि ५ करोड भुक्तानीको लागि उद्योगीले तयारी गरेका छैनन् । उखु किसानलाई तत्काल भुक्तानी उपलब्ध गराउनका लागि जिल्ला प्रशासन कार्यालय सर्लाहीले ताकेता गरिरहेको छ ।