
काठमाडौं । नेकपा विभाजन पछि दुई कित्तामा देखिएको अनेरास्ववियूले एकअर्कामाथि कारबाही गर्नुका साथै संगठनको सम्पत्ति दुरुपयोग नगर्न चेतावनी दिन थालेका छन् ।
ओली समूहका अध्यक्ष केपी शर्मा ओली समर्थित अनेरास्ववियूका संयोजक ऐन महरले संगठनको सम्पत्ति दुरुपयोग नगर्न दाहाल–नेपाल समूहका विद्यार्थीहरूलाई चेतावनी दिएका छन् । बागबजारस्थित कार्यालयमा प्रचण्ड–माधव समूहले कब्जा गर्ने तयारी गरेपछि महरले कार्यालय, लेटरप्याड र सम्पत्ति दुरुपयोग नगर्न सचेत गराएका हुन् ।
‘यस्ता क्रियाकलाप जारी राखे संगठनात्मक कारबाही गर्न र संगठनको सम्पत्तिको सुरक्षाको लागि कडा कदम चाल्न अनेरास्ववियू बाध्य हुनेछ’, जारी विज्ञप्तिमा उल्लेख छ ।
दाहाल–नेपाल निकट अनेरास्ववियूले प्रधानमन्त्री र मन्त्रीहरूलाई कालो झण्डा देखाउने कार्यक्रम तय गरेकोमा असन्तुष्टि जनाउँदै महरले आफूहरू त्यस्तो विरोध कार्यक्रममा सहभागी नहुने स्पष्ट पारेको छ । ओली समर्थित अनेरास्ववियूले आफूहरु अझैपनि एकताकै पक्षमा रहेको समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्