२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


मेस्सीको दुई गोलले बार्सिलोना विजयी


0
Shares

काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई ३–२ ले हराएको छ । गएराति एथ्लेटिक बिल्बाओको मैदानमा भएको खेलमा बार्सिलोनालाई विजयी गराउन लियोनल मेस्सीले दुई गोल गरेभने पेड्रीले एक गोल गरे ।

प्रतिस्पर्धात्मक खेलमा बिल्बाओका इनाकी विलियम्स र इकर मुनियानले एक एक गोल गरेका थिए । जितसँगै बार्सिलोना स्पेनिस लिगको अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । १७ खेलबाट उसको ३१ अंक भएको छ ।

समान खेलबाट ३६ अंक जोडेको रियाल मड्रिड दोस्रो स्थानमा रहँदा दुई खेल कम खेलेको एथ्लेटिको मड्रिड ३८ अंकसहित शिर्ष स्थानमा रहेको छ । एजेन्सी