
काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी ओलीले ‘मधेशी आयोगको वार्षिक प्रतिवेदन, २०७६–७७’ पेश गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिव भरतराज गौतमले जानकारी दिनुभयो ।
त्यस्तै राष्ट्रियसभाको विषयगत समितिका सदस्यहरुको पनि हेरफेर गर्ने कार्यक्रम रहेको छ । यसअघि पुस १७ गते बसेको बैठकमा सांसदहरुले प्रतिनिधिसभा विघटनको चर्को आलोचना गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्