१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बागमती प्रदेश सभा बैठक माघ ७ बाट


0
Shares

काठमाडौं । बागमती प्रदेश सभाको सातौं अधिवेशन माघ ७ गते आव्हान गरिएको छ । बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख विप्णुप्रसाद प्रसाईंले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभा अधिवेशन आह्वान गर्नुभएको हो ।

प्रदेश सभा सचिवालयले बिहीबार एक सूचना निकालेर माघ ७ गते बुधबार अपरान्ह ३ बजे प्रदेश सभा बैठक बस्ने जानकारी दिएको छ । बैठक प्रदेश सभा भवन मकवानपुर हेटौंडामा बस्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि यसको प्रभाव प्रदेशमा पनि देखिएका बेला प्रदेश सभा बैठक बस्न लागेको हो । प्रधानमन्त्रीको उक्त कदमपछि नेकपामा ओली र प्रचण्ड–नेपाल गरी भिन्न समूह क्रियाशील छन् । बागमती प्रदेश सभामा पनि यसको असर देखिनेछ ।

प्रचण्ड नेपाल समुहले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेश सभामा अविश्वाशको प्रस्ताव दर्ता गराईसकेको छ । पौडेललाई हटाएर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने उनीहरूको प्रस्ताव छ । तर मुख्यमन्त्री पौडेलले भने अविश्वाशको प्रस्ताव सामना गर्ने बताउँदै आउनुभएको छ ।