१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तेश्रो खेलमा सन्दीपले लिए १ विकेट


0
Shares

काठमाडौं । अस्ट्रेलियामा जारी बिगबास क्रिकेट लिगको आफ्नो तेश्रो खेलमा नेपाली स्पिनर सन्दीप लामिछानेले १ विकेट हात पारेका छन् ।

बिहीबार भएको सिड्नी थन्डरविरुद्धको खेलमा होबर्ड हुरिकेन्सबाट खेलेका सन्दीपले ४ ओभरमा २३ रन दिएर १ विकेट लिएका हुन् ।

छैटौं, आठौं, बाह्रौं र चौधौं ओभर बलिङ गरेका उनले आठौं ओभरमको चौथो बलमा थन्डरका कलिम फेर्गुसनलाई क्याचआउट गराए ।

होबर्ट हुरिकेन्स टस जित्दा पहिला ब्याटिङमा तानिएको थन्डरले ब्याटिङ गरिरहेको छ । थन्डरले १५ ओभरको अन्त्यमा ४ विकेट गुमाएर १ सय १० रन बनाएको छ ।

सन्दीपले यसअघि मेलवर्न स्टार्सविरुद्ध खेलका दुई खेलमा तीन विकेट लिइसकेका छन् ।