
काठमाडौं । सुर्खेतमा यात्रुवाहक बस दुर्घटना एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङका सुमन नेपाली रहेका छन् ।
सल्यानको कालीमाटी बाट छिन्चु जाँदै गरेको ना ५ ख ७७५० नम्बरको बस बोटेचौरमा दुर्घटना हुँदा थप एक जना घाइते भएका छन् भने सहचालक घाइते भएको प्रदेश प्रहरी कार्यालय कर्णालीका प्रवक्ता एसपी माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । मृतक अन्दाजी ३० वर्षको रहेको उहाँले बताउनुभयो ।
घाइतेको परिचय खुले पनि मृतक र बेपत्ता भएकाको परिचय खुल्न सकेको छैन । घाइतेले आफ्नो नाम र बसमा तीनजना रहेको विषयमा जानकारी दिएको एसपी श्रेष्ठले बताउनुभयो । घाइते हुनेमा सल्यानका दीपक मिजार रहेका छन् । सडकबाट अन्दाजी ३ सय मिटर भेरी नदीमा खसेको बसको सम्पूर्ण भाग पानीमा डुबेको छ ।
दुर्घटनामा घाइतेको सुर्खेतको मेहलकुना अस्पतालमा उपचार भइरहेको छ । उनलाई थप उपचारका लागि काठमाडौं ल्याउन लागिएको प्रदेश प्रहरी कार्यालय कर्णालीले जानकार दिएको छ । बेपत्ता सहचालकको खोजी भइरहेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । घटनास्थलमा बोटेचौर र छिन्चुबाट प्रहरीको टोली पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्