१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ढुक्क हुनुस् संसद पुनःस्थापना हुन्छ, प्रधानन्यायाधीशले चाहे १५ दिनमा फैसला सम्भव छ– शुशीला कार्की (भिडियो)


13
Shares

काठमाडौं । पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीले प्रतिनिधिसभा पुनःस्थापना हुनेमा ढुक्क हुन आग्रह गर्नुभएको छ ।

ईमेज टेलिभिजनको कार्यक्रम ‘हट सिट’मा कुराकानी गर्दै पूर्वप्रधानन्याधीश कार्कीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कदम असंवैधानिक भएकाले प्रतिनिधिसभा पुनःस्थापना हुने विश्वास व्यक्त गर्नुभयो ।

पूर्वप्रधानन्यायाधीश कार्कीले प्रतिनिधि सभा पुनःस्थापनाका लागि संविधानका धारा ७६ नै काफी भएको बताउनुभयो ।

प्रधानन्यायाधीशले चाहेको खण्डमा १५ दिनभित्र फैसला सम्भव हुने उहाँको भनाइ छ । ‘तन्काउन जति पनि सकिन्छ तर प्रधानन्यायाधीशले चाहेमा १५ दिनभित्र फैसला हुन्छ’, उहाँले भन्नुभयो ।

मुलुक बचाउने वा डुबाउने तथा अदालतको गरिमा बचाउने वा नबचाउने जिम्मेवारी यतिबेला अदालतको काँधमा भएको उहाँको भनाइ छ । नागरिकले विश्वास गरेको थलोले नागरिकको विश्वास कायम राख्न सक्नुपर्ने उहाँको टिप्पणी छ ।

पूर्वप्रधानन्यायाधीश कार्कीले संवैधानिक इजलासबाट मुद्दाको टुङ्गो लगाउन चुनौतिपूर्ण भए वृहत इजलासमा लगेर पनि फैसला गर्न सकिने बताउनुभयो ।