२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


ट्रम्पलाई पदमुक्त गर्न सांसदहरुको माग, ट्रम्पको सर्वत्र आलोचना


0
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पदबाट बर्खास्त गर्न सांसदरुले माग गरेका छन् । चुनावी परिणामलाई लिएर ट्रम्प समर्थकले संसद भवनमा आक्रमण गरेको घटनाको संसारभर विरोध भएसँगै सांसदहरुले उहाँलाई पदमुक्त गर्न सभामुख न्यान्सी पेलोसीलाई दवाव दिएका हुन् ।

जर्जिया राज्यको दुई इलेक्ट्रो कलेजको मत गणानाको अन्तिम परिणाम सार्वजनिक हुनु अघि नै ट्रम्प समर्थकले संसद भवनमा आक्रमण गरेपछि यसको सर्वत्र विरोध भएको हो । राष्ट्रपति ट्रम्पले यसअघि गत नोभेम्बर ३ मा भएको निर्वाचनमा धाँधली भएको भन्दै त्यसको परीणाम स्वीकार गर्नुभएको थिए । जर्जिया राज्यको मत परिणामसँगै संसदका दुवै सदनमा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको वर्चस्व रहेको छ ।

सोही विषयलाई लिएर ट्रम्पले बाइडेनलाई विजयी घोषणा नगर्न उपराष्ट्रपति माइक पेन्सलाई पनि दवाव दिएका समाचारहरु यसअघि नै सार्वजनिक भएका थिए । हिजो भएको घटनामा सुरक्षाकर्मीले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ । प्रदर्शन र तोडफोडमा संलग्न भएको आशंकामा प्रहरीले ६८ जनालाई नियन्त्रणमा लिएको छ ।

यसैबीच सरकारी अधिकारीहरुले विरोध प्रदर्शनका क्रममा भएका धरपकड र तोडफोडमा घटना हुनु दुखद भएको भन्दै शान्त रहन अमेरिकी नागरिकसँग अपील गरेका छन् । एजेन्सी