२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


नेकपाको आन्तरिक हेरफरलाई अभिलेखिकरण गर्न निर्वाचन आयोगले मानेन


0
Shares

काठमाडौं । निर्वाचन आयोगले पार्टीको आधिकारिकता सम्बन्धी प्रमाण र दस्तावेज पेस गर्न नेकपाका दुबै पक्षलाई सात दिनको समय दिएको छ ।

आयोगले हिजो नेकपाको ओली समुह र प्रचण्ड–माधव समुहलाई पत्राचार गरि सात दिनभित्र पार्टीको विधान र निर्वाचन आयोगको दल दर्तासम्बन्धी कानुन अनुसारका कागजात बुझाउन भनेको हो । आयोगले दुबै पक्षले माग गरे अनुसार दल दर्ता किताबमा पार्टीको आन्तरिक हेरफेरलाई अभिलेखिकरण गर्न भने अस्विकार गरेको छ ।

पार्टीका दुई समुहले एउटै लेटर प्याड र लोगोमा फरक फरक हस्ताक्षरसहित जिम्मेवारी हेरफेर र थपघटको विवरण बुझाएपछि आयोग अप्ठ्यारो अवस्थामा परेको छ ।

दुबै पक्षले नेकपाको संस्थापन वा मुल पार्टी आफु भएको आशयसहित आधिकारिकताको पत्र भने आयोगमा पठाएका छैनन् । त्यसैले पनि आयोगलाई विवाद समाधानमा सकस भईरहेको छ ।