
काठमाडौं । इलेक्ट्रोनिक कार बनाउने कम्पनी टेस्लाका सीइओ एलन मक्स विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् । ब्लुमबर्गले जारी गरेको २०२० का अर्बपतिहरुको सूचीमा उनले अमेजनका संस्थापक जेफ बेजासलाई समेत पछि पारेका छन् ।
मक्सको आम्दानी १८८ बिलियन अमेरिकी डलर भन्दा बढी भएको छ । जबकि अमेजनका संस्थापकको आम्दानी १८७ बिलियन अमेरिकी डलर छ । टेस्लाको सेयरमा निरन्तर वृद्धि भैरहेको छ । यो सूचीम ५ सय अर्बपति सामेल छन् ।
बेजास २०१७ का सबैभन्दा धनी व्यक्ति थिए । कोरोना भाइरसका कारण २०२० मा विश्वलाई जति नै अप्ठ्यारो परेपनि एलनका लागि गएको १२ महिना निकै नै शानदार रह्यो ।
२७ सय बिलीयन अमेरिकी डलर सम्पति भएका एलनले यो वर्ष १५० बिलीयन अमेरिकी डलर सम्पति आर्जन गरे ।
पारिवारिक झगडाका कारण बेजास यसवर्ष विश्वकै धनी हुन पाएनन् । परिवारमा भएको झगडाका कारण बेजासले आफ्नो समपतिको केही हिस्सा आफ्नो श्रीमतीलाई दिनुपरेको थियो । उनको श्रीमतीसँग ‘डिभोर्स’ भएको छ ।एजेन्सी
प्रतिक्रिया दिनुहोस्