
अर्घाखाँची । उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले जलस्रोतको क्षेत्रमा सरकारले महत्वपूर्ण काम गर्ने बताउनुभएको छ ।
अर्घाखाँचीमा आज भएको एक कार्यक्रममा उहाँले अहिले विद्युत् नपुगेर लोडसेडिङ गर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो ।
उहाँले अर्घाखाँचीको विभिन्न स्थानमा निर्माणाधिन अवस्थामा रहेका विद्युत् सव–स्टेसनलाई छिटो भन्दा छिटो सम्पन्न गरी विद्युतको गुणस्तरमा सुधार गर्न लागिपरेको बताउनुभयो ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मागअनुसार विद्युत आपूर्ति पर्याप्त रहेकाले घोषित वा अघोषित रूपमा लोडसेडिङ नहुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्