३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


प्रधानमन्त्री ओली धनगढीमा


13
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुग्नु भएको छ । नेकपा विभाजनपछि ओली पहिलोपटक राजधानी बाहिर जानु भएको हो । धनगढीमा ओलीले जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । शुक्रबार सुदुरपश्चम प्रदेश कमिटिले धनगढीमा जनसभा गरेको छ ।

यसैबीच प्रधानमन्त्री ओलीको भ्रमणलाई लिएर कैलालीको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । आज बिहानैदेखि धनगढीसहित जिल्लाका सबै ठाउँको सुरक्षा व्यवस्था कडा गरिएको हो । धनगढीमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

धनगढी विमानस्थलदेखि राष्ट्र बैँक चोक तथा जनसभा हुने खुलामञ्च सम्म ठाउँ ठाउँमा दर्जनौँ सुरक्षाकर्मी परिचालन गरीएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले सबै सुरक्षा अंगलाई उच्च सर्तकता अपनाउन मातहतका युनिटलाई निर्देशन दिएको बताउनु भयो ।