
बारा । जिल्लाको जीतपुरसिमरा उपमहानगरमा संस्थागत भ्रष्टाचार मौलाएको छ । बाराका १६ स्थानीय तहमध्ये जीतपुरसिमरा उपमहानगरमा तीन वर्षयता दर्जनौं शीर्षकमा अख्तियारमा परेको उजुरीमा पहिलो देखिएको छ ।
स्थानीय सरकारका जनप्रतिनिधि, कर्मचारी र सम्बन्धित पक्षबीच मिलोमतो देखिएको भन्दै अधिकांश उजुरी परेपछि अन्य तहको तुलनामा जीतपुरसिमरा उपमहानगर अख्तियारमा उजुरीको तथ्याङ्कमा उच्च देखिएको हो । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म जिल्लास्थित १६ स्थानीय तहको कार्यालयमा भ्रष्टाचार भएको भन्दै अख्तियार अनुसन्धान आयोग हेटौँडामा १ सय ६४ उजुरी परेका छन् जसमा अन्य तहभन्दा अत्यधिक जितपुर सिमरा उपमहानगरको रहेको आयोगले जनाएको छ ।
कतिपय तहको उजुरी आफूले काम नपाएको आक्रोशमा दिएको देखिए पनि जीतपुरसिमरा उपमहानगरमा भने तीन वर्षदेखि संस्थागत भ्रष्टाचार विरुद्धनै उजुरी परेको अख्तियारले जनाएको छ । उपमहानगरको ७ जनप्रतिनिधि, ९ कर्मचारी र ५ अन्य व्यक्तिको नाममा भ्रष्टाचारको उजुरी परेको अख्तियार हेटौंडा कार्यालयको उच्च श्रोतले जनाएको छ ।
अनियमितता भएको हुन सक्ने स्वीकार्दै मोर्चाबन्दीका कारण अख्तियारमा जितपुर सिमराको उजुरी बढी परेको हुनसक्ने जीतपुरसिमरा उपमहानगरका प्रमुख डा. कृष्णप्रसाद पौडेलले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्