
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले ग्रासरुट फुटबलको प्रतीक चिन्ह (लोगो) बनाउन सार्वजनिक सूचना निकालको छ । खुल्ला प्रतिस्पर्धाबाट लोगो छनोट गर्न एन्फाले शुक्रबार सार्वजनिक सूचना निकालेको हो ।
एन्फाले लोगो डिजाइनको लागि जनवरी ३० सम्मको समय तोकेको छ । एन्फाले जनवरी ३० भित्र आएको मध्ये उत्कृष्ट एक लोगोलाई छनोट गर्ने जनाएको छ । जुन लोगो एन्फाले आधिकारिक रूपमा प्रयोग गर्नेछ ।
एन्फाले उत्कृष्ट लोगो बनाउनेलाई २५ हजार रुपैयाँ पुरस्कारको ब्यवस्था गरेको पनि जनाएको छ । लोगो जीवन्त, आकर्षक, नेपाल फुटबल र ग्रासरुटको प्रतीक झल्कनुका साथै अन्तराष्ट्रिय स्तरको हुनु पर्ने जनाइएको छ । यस्तै लोगोमा कपीराइट लाग्ने सामग्री प्रयोग गर्न पाइनेछैन ।
प्रतिक्रिया दिनुहोस्