
काठमाडौं । पछिल्लो २४ घण्टामा ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ५ हजार २ सय ६९ को पीसीआर परीक्षण गर्दा साढें १० प्रतिशतमा संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा कूल कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार १ सय ५९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा पुष्टि हुने र निको हुनेको सख्ंया बराबर जस्तो रहेको छ । यस अवधिमा ५ सय ८५ ले कोरोना जितेसँगै नेपालमा कोरोना भएर निको हुनेको संख्या २ लाख ५७ हजार २ सय २९ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या जम्मा ५ हजार २१ छ ।
यस्तै, यस अवधिमा थप ६ को मृत्यु भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनको संख्या १९ सय ९ पुगको छ ।
प्रतिक्रिया दिनुहोस्