१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ट्रम्प समर्थकको आक्रमणबाट घाइते भएका प्रहरीको मृत्यु


0
Shares

एजेन्सी । अमेरिकी संसद भवनभित्र प्रवेश गरेका ट्रम्प समर्थकको आक्रमणबाट घाइते भएका एक प्रहरीको मृत्यु भएको छ ।

बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उक्साहटपूर्ण भाषणपछि आक्रोशित समर्थकहरुले अमेरिकी संसदभित्र प्रवेश गरेर व्यापक तोडफोड गरेका थिए ।

प्रहरी कारबाहीमा प्रदर्शनकारीतर्फ एक महिला सहित चार जनाको मृत्यु भएको थियो । प्रहरीका अनुसार एक जना संसद भवनभित्र र अरु तीन जनाको संसद भवनको बाहिर मृत्यु भएको थियो ।

्क्यापिटोल प्रहरीले एक वक्तव्य जारी गर्दै प्रहरी अधिकृत ब्रायन सिकनिकको गएराति मृत्यु भएको जनाएको छ ।

भिड नियन्त्रणमा खटिएका बेला घाइते भएका ब्रायनलाई तत्कालै स्थानीय अस्पतालमा भर्ना गरिएको भए पनि उनको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।