१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


बनेपामा ग्यास उद्योगमा ट्यांकी पड्कियो, ३ जना घाइते


0
Shares

काभ्रे । बनेपा नगरपालिका–१३ स्थित भैंसेपाटीमा रहेको गौरीशंकर ग्यास उद्योगमा ग्यास भण्डारण गर्ने ट्यांकी पड्किँदा ३ जना घाइते भएका छन् ।

९ सय ८० किलो क्षमताको ट्यांकी पड्किँदा उद्योगमा कार्यरत तीन जना श्रमिक घाइते भएका छन् । दुई जना उपचारपछि घर फर्किएका छन् भने एक जनालाई थप उपचारका लागि कीर्तिपुर अस्पताल रेफर गरिएको छ ।

मानव वस्तीसँगै रहेको उद्योगमा ग्यास भण्डारण गर्ने ट्यांकी पड्किएपछि स्थानीय आतंकित भएका छन् । स्थानीयले मापदण्ड पुर्याएर मात्रै उद्योग सञ्चालन गर्न दवावमुलक आन्दोलनको तयारी गरेका छन् ।