१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जनता आवास कार्यक्रम नारामै सीमित, १६ महिनामा एउटा घर पनि बनेन


0
Shares

सप्तरी । जिल्लामा जनता आवास कार्यक्रमको कार्यान्वयन फितलो देखिएको छ । आवासविहीन अतिविपन्न दलित समुदायलाई शौचालयसहितको निःशुल्क पक्की आवास निर्माण गर्न सञ्चालित ‘जनता आवास कार्यक्रम’ कार्यान्वयन फितलो देखिएको हो ।

जिल्लास्तरीय समन्वय समितिको बेवास्ताले १६ महिना बित्दासमेत एउटा आवासले पूर्णता पाएको छैन् । आर्थिक वर्ष २०७६/०७७ मै सक्ने गरि मरिक (डोम) र मेहतर समुदायका लागि आवास निर्माण गर्न सप्तरीमा कुल ६ सय ४ वटा आवास छनौट भएको थियो । तर, जिल्लास्तरीय समन्वय समितिका पदाधिकारीहरुले ध्यान नदिँदा अझैसम्म एउटा पनि आवास हस्तान्तरण हुन सकेको छैन ।

शहरी विकास तथा भवन कार्यालय राजविराजको तथ्यांक अनुसार गत वर्ष ५ सय ९६ वटा आवासको समझौता भएको थियो । जसमध्ये जग्गा अभाव, व्यक्तिगत र जग्गा विवादको कारण देखाउँदै २ सय १० वटा आवास निर्माण सुरु गरिएको छैन । तीन वटा आवास स्थगित नै भइसकेको छ भने हाल ३ सय ८८ आवास निर्माणधिन अवस्थामा रहेको शहरी विकास तथा भवन कार्यालय राजविराजका सूचना अधिकारी तपेश्वर कुमार साहले जानकारी दिनुभयो ।