१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ईमेजकर्मी लामिछाने सम्मानित


0
Shares

काठमाडौं । ईमेजकर्मी नारायणी लामिछाने सम्मानित हुनुभएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको सातौं र आठौं साधारणसभा तथा तेस्रो महाधिवेसनका अवसरमा महासंघले ईमेजकर्मी लामिछानेसहित तीन जना पत्रकार सम्मानित गरेको हो । लामिछाने टेलिभिजमा आर्थिक विटको रिपोर्टिङ गर्नुहुन्छ । अन्य सम्मानित हुनेमा कान्तिपुर टेलिभिजनका राजु चौधरी र अनलाइनखबर डटकमका नवीन ढुङ्गाना पनि रहेका छन् ।

कार्यक्रममा व्यवसायीहरुले कर्जा तिर्ने समय थप गरिदिन सरकारको ध्यानाकर्षण गराएका छन् । उद्योगी व्यवसायीहरूले कोभिडका कारण कारोबार प्रत्यक्ष प्रभावित भएको भन्दै सरकारका तर्फबाट बैंक कर्जा तिर्ने समयावधी थप तथा सहुलियतको माग गरेका हुन् । सरकारले व्यवसाय सहजीकरणका लागि कच्चा पदार्थ व्यवस्थापन र नीति नियममा सहजीकरण गर्न पनि व्यवसायीले माग गरेका छन् ।

महासंघका अध्यक्ष मोहन सुनुवारले कच्चा पदार्थको अभावमा वार्षिक अर्बौं कारोबार गर्ने व्यवसायीले खुम्चिएर कारोबार गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । बंैंकहरूले सिजनमा सुन नल्याउने अफ सिजनमा ल्याएर थुपार्ने गर्दा आफूहरूको व्यवसाय नै बदनाम हुनपुगेको सुुनुवारको गुनासो छ ।