
काठमाडौं । बलिउडका भाइजानको रुपमा चिचिने सुपरस्टर सलमान खानको नयाँ फिल्म ‘अन्तिम’मा अर्का बलिउड स्टार बरुण धवन पनि देखिने भएका छन् । फिल्मको प्रोमोसनल गीतको भिडियोमा बरुण धवनलाई राख्ने पक्का भएको भारतीय मिडियाको दाबी छ ।
‘पार्टी सङ्ग’ भएकाले गीतको भिडियोलाई रातकाे समयमा मुम्बईको एक स्टुडियोमा सुटिङ गरिनेछ, जसका लागि बरुण धवनले दुई दिनकाे समय निकाल्ने भएका छन् । फिल्म २०२१ मै रिलिज गर्ने निर्माण पक्षकाे तयारी छ । अहिले फिल्मको सुटिङ भइरहेको छ ।
‘अन्तिम’को टीजर पनि सार्वजनिक भइसकेको छ । टीजरमा सलमानलाई कालो सर्ट र कालै पगडीमा देखिएकाे छ । टीजर हेरेपछि धेरैले फिल्म सुपरहिट हुने अनुमान गरेका छन् । फिल्ममा सलमान खान र आयुष शर्माको मुख्य भूमिका रहनेछ ।
आयुष बलिउडमा आफ्नो पहिचान बनाउन चाहन्छन् । सलमान खानसँगको यो सहकार्यले उनलाई पनि धेरैले नोटिस गरेका छन् । फिल्ममा सलमान र उनको जबरजस्त एक्सन देख्न पाइने निर्माण टीमले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्