१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


देशमाथि कू गर्न खोजेपछि प्रधिनिसभा विघटन– मन्त्री थापा


0
Shares

काठमाडौं । खानेपानी तथा सरसफाई मन्त्री मणि थापाले पार्टी भित्रबाट देशमाथि कू गर्न खोजेपछि प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्नुपरेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले नेकपाभित्रबाट प्रधानमन्त्रीलाई हटाएर कू गर्न खोजिएपछि प्रधानमन्त्रीले ताजा जनादेश लिनका लागि प्रतिनिधिसभा विघटन गर्नुपरेको बताउनुभयो ।

देशलाई कूको बाटोमा जानबाट जोगाउन प्रधानमन्त्री के पी शर्मा ओलीले चुनावको बाटो रोज्नु भएकोले अब चुनावको विकल्प नभएको मन्त्री थापाले बताउनुभयो ।

मन्त्री थापाले प्रधानमन्त्री ओलीलाई प्रचण्डले धोका दिएको समेत जिकिर गर्नुभयो । प्रतिनिधि सभा विघटन कानूनी भन्दा पनि राजनीतिक निर्णय भएको उहाँको भनाइ छ ।