१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


भिड बढेपछि बार छुट्याएर मालपोतको काम


0
Shares

अर्घाखाँची । कार्यालयमा अत्याधिक भिड बढेपछि मालपोत कार्यालयले सेवालाई प्रभावकारी बनाउन नगरपालिका र गाउँपालिकाहरुका लागि बार निर्धारण गरेर काम गरेको छ ।

जिल्लाका ६ वटा स्थानीय तहमध्ये तीनवटा नगरपालिका र तीनवटा गाउँपालिकाका लागि बार निर्धारण गरी सेवा सञ्चालन गरिएको हो । शसस्त्र द्वन्द्वको समयमा सदरमुकाम सन्धिखर्कमा आक्रमण हुँदा लालपूर्जा जलेर नष्ट भएकाहरुले पुनःपूर्जा बनाउन थालेपछि कार्यालयमा भिड बढेको हो ।

मालपोतमा भएका पुराना श्रेस्ता, ठेली, नामसारी, राजीनामा, दाखिला खारेजी, अंशवण्डा, सट्टा–पट्टा लगाएका सेवालाई नयाँ प्रविधिबाट व्यवस्थित गर्दा भिड बढेको मालपोत कार्यालय अर्घाखाँचीका प्रमुख ताराप्रसाद पोखरेलले जानकारी दिनुभयो ।