
हेटौंडा । ओली समूहले नेकपा मकवानपुर जिल्ला अध्यक्ष मुनु सिग्देल र सचिव प्रेम बहादुर पुलामीलाई पदबाट बर्खास्त गरेको छ ।
शनिबार हेटौँडा भएको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलाबाट नेकपा ओली समूहका जिल्ला सह–इन्चार्ज रामेश्वर रानाले अध्यक्ष मुनु सिग्देल र सचिव प्रेम बहादुर पुलामीलाई पदबाट निष्कासन गरेको जानकारी दिनुभयो ।
सिग्देल र पुलामी नेकपा प्रचण्ड–नेपाल समूह निकट हुनुहुन्छ । अध्यक्ष सिग्देललाई निष्कासन गरिएसँगै ओली समूहले नेकपा मकवानपुरको जिल्ला अध्यक्षको जिम्मेवारी एकलाल श्रेष्ठलाई दिएको छ ।
प्रतिक्रिया दिनुहोस्