१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


हाम्रो सबैभन्दा ठूलो शत्रु अमेरिका– नेता किम


0
Shares

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ्ग–उनले अमेरिका आफ्नो सबैभन्दा ठूलो शत्रु रहेको बताउनुभएको छ । सत्तारुढ वर्कर्स पार्टीको कंग्रेसलाई सम्बोधन गर्दै नेता किमले अब उत्तर कोरियाले परमाणु हतियार तथा सैन्य क्षमता बिस्तार गर्ने घोषणा गर्नुभएको हो ।

सत्तामा जो आए पनि अमेरिकाले आफ्नो देशप्रतिको रणनीति परिवर्तन गर्ने कुनै अपेक्षा नरहेको किमको भनाइ छ । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडनले सत्ता सम्हाल्दै गर्दा नेता किमको यस्तो भनाइ आएको हो ।

नेता किम र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच तीन वर्ष अघि ऐतिहासिक भेटवार्ता भएको थियो । तर उत्तरले आणविक कार्यक्रम बन्द गर्नु पर्ने अमेरिकी अडान र निशर्त प्रतिबन्ध हटाउनु पर्ने उत्तरको अडानका कारण वार्ता सफल भएन ।