१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


गीतकार भैरवनाथ रिमालको ८६ वर्षको उमेरमा मृत्यु


0
Shares

काठमाडौं । वरिष्ठ गीतकार भैरवनाथ रिमाल ‘कदम’ को ८६ बर्षको उमेरका शनिबार निधन भएको छ ।

स्मरण शक्ति ह्रास हुने अलजाइमर्सको समस्याले लामो अस्वस्थ रहनु भएका रिमालको आज दिउँसो निधन भएको हो । निमोनिया र मिर्गौलाबाट पीडित उहाँको पछिल्लो समय चिरायु अस्पतालमा उपचार गरिएको थियो ।

१९९२ साल माघ ३ गते जन्मिएका रिमालले ५ सय भन्दा धेरै गीत रचना गर्नुभएको छ । रिमालको अन्तिम संस्कार आजै पशुपति आर्यघाटमा गरिंदै छ ।