१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


संविधान भत्काएर घोषणा गरिएको निर्वाचनमा कांग्रेस जाँदैन- नेता रिजाल


0
Shares

चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले संविधान भत्काएर घोषणा गरिएको निर्वाचनमा कांग्रेस नजाने बताउनुभएको छ । प्रधानमन्त्री केपी ओलीले संविधान च्यातेर प्रतिनिधिसभा विघटन गर्दै निर्वाचनको घोषणा गरेको उहाँको आरोप थियो ।

नेपाली कांग्रेस चितवनद्वारा रत्ननगरमा आयोजित विरोध सभामा रिजालले संविधानको अपव्याख्या गर्दै प्रधानमन्त्री ओलीले निर्वाचनको नाटक गरेको आरोप लगाउनुभयो । उहाँले निर्वाचन गराउनकै लागि मिति तोकिएको भए पार्टी किन फुटाए भन्दै प्रश्न गर्नुभयो ।

ओलीले प्रधानमन्त्री हुँदादेखि नै संविधानको खिलाप काम गरेको उहाँको आरोप छ । लामो समयको त्याग र बलिदानबाट आएको गणतन्त्र रक्षाका लागि कांग्रेस सडकमा आएको र प्रतिनिधिसभा विघटनको असवैधानिक कदम नसच्चिएसम्म कांग्रेसको निरन्तर विरोध गरिरहने उहाँको भनाइ छ ।

ओली हिटलरभन्दा पनि खतरनाक रहेको भन्दै नेता रिजालले हिटलरलाई जनताले जसरी खेदेका थिए त्यसरी नै उहाँलाई पनि सडकबाटै जनताले ठेगान लगाउने बताउनुभयो ।