
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले केपी ओली हिटलर जस्तै तानाशाह भएको टिप्पणी गर्नुभएको छ । शनिबार काठमाडौंमा नेकपा दाहाल–नेपाल समूह सम्पर्क समन्वय कमिटीद्धारा आयोजित भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै वरिष्ठ नेता खनालले केपी ओली हिटलर जस्तै तानाशाह भएको टिप्पणी गर्नुभयो ।
जर्मनीमा समाजवादी पार्टीबाट हिटलर जन्मिए जस्तै नेपालमा कम्युनिष्ट पार्टीबाट केपी ओली जन्मिएको खनालको टिप्पणी थियो । कहिलेकाहीँ पार्टीको गल्तीका कारण तानाशाहहरू जन्मिने गरेको र त्यसको विरुद्धमा फेरि संघर्ष गर्दै जानुपरेको उहाँको भनाइ छ । वरिष्ठ नेता खनालले शुक्रबार धनगढीमा केपी ओली समूहले गरेको सभालाई पञ्चभेलाको संज्ञा दिनुभयो ।
कार्यक्रममा नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीले चालेको असंवैधानिक प्रतिगामी कदम खारेज गरेर प्रतिनिनिसभा सूचारु गर्न नसके देशमा चुनाव पनि नहुने, प्रतिनिधिसभा पनि नहुने र देश प्रतिगमन तर्फ जाने बताउनुभयो । पार्टीहरुबीच संयुक्त संघर्ष गर्नुपर्ने र संयुक्त संघर्ष हुन नसके समन्वय गरेर भए पनि आन्दोलनमा जानुपर्नेमा उहाँको जोड छ ।
प्रतिक्रिया दिनुहोस्