
झापा । विगत एक महिनादेखि झापामा रहनु भएका पूर्वराजा ज्ञानेन्द्र शाहले भद्रपुर २ स्थित सिंहदेवी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई राहत वितरण गर्नुभएको छ ।
स्वर्गीय राजा महेन्द्र शाहले बस्ती बसाएको ठाउँमा पहिलो पटक पूर्व राजा ज्ञानेन्द्र शाह परिवारसहित पुगेपछि उहाँलाई स्थानीयवासीले भव्य स्वागत समेत गरेका छन् । पूर्व राजा ज्ञानेन्द्र शाह बुहारी हिमानी र नाती हृदयेन्द्रलाई लिएर साविक पृथ्वीनगर गाविसस्थित गौरीशंकर गाउँमा पुगेपछि उहाँहरुलाई त्यहाँ भव्य स्वागत गरिएको हो ।

पूर्व युवराज्ञी हिमानी शाहको नाममा स्थापित हिमानी कोषबाट त्यहाँका विद्यार्थी र जेष्ठ नागरिकलाई राहत सामग्री वितरण गर्न पूर्व राजपरिवारहरू त्यहाँ पुग्नुभएको हो । हिमानी कोषबाट सिंहदेवी आधाभूत विद्यालयका ६५ जना विद्यार्थीलाई विद्यालय पोशाक ज्याकेट र पोसिलो खानेकुरा र ३० जना विपन्न तथा अपाङ्गता भएका जेष्ठ नागरिकलाई जाडोको स्लिपिङ वेड वितरण गरिएको थियो ।
महिला आदर्श सेवा समितिका अध्यक्ष राधा कार्की र झापा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज पनेरुले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्